आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

सोमबार, ०९ साउन २०७९, १३ : २४
सोमबार, ०९ साउन २०७९

बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।

विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टमा यी व्यक्तिको नाम आदित्य राजपूत बताइएको छ । यद्यपि, न उजुरीमा न प्रहरीले यो नाम पुष्टि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप