कल सेन्टरमा छापा अपडेट : चिनियाँसहित ४१ जना नियन्त्रणमा
काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार स्काई वर्ल्डमा छापा मारेको थियो । कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।
पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह र कैलाली घर भई सितापाईला बस्ने वर्ष १८ की सबिना दाहाल छन् ।
त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
