काठमाडौंको तिनकुनेमा रहेको कल सेन्टरमा प्रहरी छापा, १ जना चिनियाँ पक्राउ
सोमबार, ०९ साउन २०७९, १४ : ५०

काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको एसपी मैनालीले जानकारी दिए । आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि छापा मारेको थियो ।
यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ । २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज लगायतका ठाउँबाट १२२ जना चिनियाँलाई पक्रेर डिपोर्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै