बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

आइतबार, ०८ साउन २०७९, ११ : १८
आइतबार, ०८ साउन २०७९

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् । केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका थिए ।

 ‘शासकीय स्वरुप परिवर्तनबारे जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जुन प्रस्ताव आएको थियो त्यसमा मैले पहिलो दिन बैठकमा बोल्दा हाम्रो जस्तो मुलुकका लागि सुहाउँदो परिपाटी हुँदैन, दुईटा छिमेकीबाट घेरिएका छौँ भनेर फरक मत राखेका हुँ’, उनले भने, ‘फेरि यो कार्यकारी प्रधानमन्त्री भन्ने कुरा एक पटक पदमा गइसकेपछि उनीहरुले आफूलाई बलियो बनाउँदै लगेर जीवन छउन्जेल पदपनि छाड्दैनन् । र, बलियो कार्यकारीले छिमेकीसँग कुनै गोप्य सम्झौता गरेमा त्यसले देशलाई थप अप्ठ्यारो हुनसक्छ ।’

नेपालजस्तो सानो मुलुकका लागि यो पद्धति ठीक नहुने भएकाले फरक मत राखेको उनको भनाइ छ। उनले पार्टीको केन्द्रीय महाधिवेशनले राजासहितको प्रजातन्त्र र संसदीय व्यवस्था भन्ने एजेण्डा पास गरेकाले सोही अनुसार हुनुपर्ने पाठकको धारणा छ । पाठकले फरक मत राखेपनि लिङ्देनको प्रस्ताव शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरिसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप