अर्थमन्त्री प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप
बिहीबार, ०५ साउन २०७९, १८ : ०७
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए ।
सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेपनि प्रमाण भेटिएको छैन ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै