एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
उनले भने–‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर पत्र नलेखेको बताएका थिए । उनीहरुले सो कार्यक्रममा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न रुलिङका लागि सभामुखलाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
-
रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
-
कुन राशिका लागि पुस महिनामा कस्तो योग छ ?
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा