साना ‘वाम गठबन्धन’मा असन्तुष्टि : गजुरेलले खोजे धर्मेन्द्र–हेमन्तको हस्ताक्षर !
साना कम्युनिस्ट पार्टीहरुको गठबन्धन ब्युँतिएको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र फुट र केही अन्य पार्टीसँग मिलेपछि अलपत्र बनेको साना कम्युनिष्ट दलहरूको गठबन्धन बुधबार ब्युँताइएको घोषणा गरिएपछि त्यसको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको हो । साना दलहरुको गठबन्धनमा पाँच वटा दल र एउटा मोर्चा रहेका छन् ।
तर, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले गठबन्धनमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र सचिवालय सदस्य हेमन्तप्रकाश ओलीलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
गजुरेलले एक विज्ञप्ति जारी गर्दै पाँच दलीय मोर्चामा वक्तव्यमा उल्लेखित कतिपय विषयमा आफूहरुको मत नमिलेको जनाएका छन् । पाँच राजनीतिक पार्टी र एक मोर्चा सम्मिलित कार्यगत एकताको यही श्रावण ४ गते भएको छलफलका दौरानमा भएका केही समझदारीको सार्वजनिकीकरण गरिएको सन्दर्भमा सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीप्रति हाम्रो ध्यान आकर्षित भएको छ’, सोही पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेलले भने, ‘छलफलका दौरानमा भएको समझदारीका सन्दर्भमा उक्त वक्तव्यमा उल्लेखित कतिपय विषयमा हाम्रो मत नमिलेको कुरा सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
उनले विज्ञप्तिमा स्पष्ट नखुलाएपनि रातोपाटीको सम्पर्कमा आफूहरुको माग धर्मेन्द्र र हेमन्तलाई पनि गठबन्धनमा समेटिनुपर्छ भन्ने रहेको बताए । ‘संसद बाहिर भएका कम्युनिस्ट पार्टीहरुबीच मोर्चा बनेको छ । त्यसमा धर्मेन्द्र र हेमन्त कमरेडलाईहरुलाई पनि समेट्नुपर्छ भन्ने हाम्रो मत छ’ गजुरेलले भने,‘तर, विप्लवजीहरुले धमेन्द्र–हेमन्तजीहरुलाई समेट्न मान्नु भएन ।’
धर्मेन्द्र–हेमन्तले केही अघिमात्रै विप्लवको पार्टीबाट विभाजन भई नेकपा बहुमत गठन गरेका थिए । बुधबार पाँच पार्टीसहित ६ कम्युनिस्ट घटकको गठबन्धन भएको जानकारी दिन हस्ताक्षरसहित विज्ञप्ति जारी भएको थियो । जसमा हेमन्त–धर्मेन्द्रको पनि हस्ताक्षर हुनुपर्ने गजुरेलको माग छ ।
बुधबार गठबन्धन गरेको घोषणासहित हस्ताक्षर गर्नेमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का