शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साना वामपन्थी दलहरुले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने

बुधबार, ०४ साउन २०७९, २१ : ३९
बुधबार, ०४ साउन २०७९

साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने निर्णय गरेका छन् । बुधबार काठमाडौंमा बसेको ५ वामपन्थी दल र एक मोर्चाको बैठकले सो निर्णय गरेको हो । बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय गर्ने समेत बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । 

कार्यगत एकता गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी,  मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप