शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनको साथ छाडेका नेताहरु कमल थापाको पार्टीमा प्रवेश गर्ने

बुधबार, ०४ साउन २०७९, १६ : ४१
बुधबार, ०४ साउन २०७९

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेका नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन् ।

मंगलबार राप्रपाबाट बाहिरिएका नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, केशवराज श्रेष्ठलगायतका नेताहरु राप्रपा नेपालमा प्रवेश गर्न गर्न लागेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।

उनीहरुबाहेक विभिन्न पार्टी र समूहका व्यक्तिहरु पनि पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ । उनीहरुलाई पार्टीमा स्वागतका लागि राप्रपा नेपालले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप