बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक व्यक्ति एक पदको अवधारणा पूर्ण पालना गर्ने राप्रपाको निर्णय

मङ्गलबार, ०३ साउन २०७९, २१ : १८
मङ्गलबार, ०३ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक व्यक्ति एक पदको अवधारणालाई पूर्ण रुपमा पालना गरेर अघि बढ्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक व्यक्ति एक पदको अवधारणालाई पूर्णरुपले पालना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

यस्तै बैठकमा साउन ५ र ६ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिसहित विभिन्न प्रतिवेदनमाथि छलफल भएको उनको भनाइ छ । यसबाहेक भ्रष्टाचार, बेथिति, मूल्यवृद्धि लगायतको विरोधमा दोस्रो चरणको आन्दोलन चर्काउने निर्णय पनि भएको श्रेष्ठले बताए । सो आन्दोलन साउन महिनाभर सञ्चालन गर्नेगरी ११ गतेदेखि सुरु हुनेछ । 

यस्तै तीन नेतामाथि अनुशासनको कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना र दिलविकास राजभण्डारीमाथि एक वर्षसम्म निलम्बन गर्ने निर्णय भएको हो । यद्यपि उनीहरुले बैठक चल्दाचल्दै पार्टी परित्यागको घोषणा गरेकाले पार्टीको आन्तरिक रेकर्डमा राखिएको राप्रपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप