पाँच दलीय गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।
बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’
उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए । ‘आम चुनावका बेला सत्ताको नेतृत्वविरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लडेर हामीलाई विजय हाँसिल गर्न सहज हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसअर्थमा आउने निर्वाचन एमालेका पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले पार्टीको विश्लेषण सुनाए ।
उनले गठबन्धनको सफल भएको विषय एमालेलाई रोक्न बाहेक हरेक कुरामा असफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला