नेकपाको वास्तविक उत्तराधिकारी एमाले : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी नेकपा एमाले भएको दावी गरेका छन् । बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले तत्कालीन एमालेमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप पनि गलत सावित भएको बताए । उनले नेकपाभित्रको आन्तरिक अन्तरसंघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए ।
‘नेकपाभित्रको अन्तर संघर्षमा केपी ओली र उहाँका पक्षमा उभिएकाहरुमाथि प्रचण्ड र माधव नेपालहरुबाट लगाइएका आरोपहरू उहाँहरु अलग भइसकेपछि गलत सावित भए’, महासचिव पोखरेलको भनाइ छ । ओलीलाई नेकपाको निरन्तरताको पक्षमा नभएको भनेर आरोप लगाएपनि नेकपाबाट बनेका तीन पार्टीमध्ये प्रचण्ड र माधवले नेतृत्व गरेको पार्टीमा नेकपा नदेखिने बताए ।
‘प्रचण्डको पार्टी हेर्ने हो भने त्यहाँ नेकपा देखिँदैन, माओवादी मात्रै देखिन्छ, माधव नेपालको पार्टीमा पूर्व एमाले मात्रै देखिन्छ’, पोखरेलले भने, ‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको पार्टी छ जहाँ नेकपाको अनुहार देखिन्छ ।’
त्यस अर्थमा वास्तविक उत्तराधिकारी एमाले हो भन्ने पुष्टि हुन्छ भन्दै उनले अध्यादेशको विरोध गर्नेहरुले नै पछि अध्यादेश ल्याएर संसदीय व्यवस्थालाई नै विकृत गर्ने काम गरेको बताए । साथै उनले राजनीतिलाई अदालत लगेर संविधानभन्दा बाहिर गएर शासन गर्ने अवस्था बनाएको बताए ।
केपी ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अघि बढ्दैन भन्ने प्रचण्ड माधवको त्यसबेलाको तर्क पनि अहिले खण्डित भएको पोखरेलको दावी छ । स्थानीय चुनावका माध्यमबाट एमाले ठुलो पार्टी बनेको भन्दै उनले काँग्रेसले २० प्रतिशत ठाउँमा एक्लै चुनाव लडेको र ४० प्रतिशत ठाउँमा साझेदार खोजेर चुनाव लडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे