शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा

आइतबार, ०१ साउन २०७९, १२ : ४९
आइतबार, ०१ साउन २०७९

प्रहरीले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरलाई आफु अनुकूल व्याख्या गर्दै आएको छ । सो कानुनको दुरुपयोग गरेर प्रहरीले गम्भिर मुद्दामा पक्राउ परेकालाई पनि प्रमुख जिल्ला अधिकारीबाट म्याद लिन र मुद्दा टुंग्याउन मिल्ने सो कसुरमा आरोपीलाई हिरासतमा राख्ने गरेको छ ।

असार २९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नुवाकोटका अमित श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, ४० वर्षीय श्रेष्ठलाई प्रहरीले सो मुद्दामा अनुसन्धान गरेको छैन । उनलाई अभद्र व्यवहार मुद्दामा फाइल अघि बढाउन भन्दै अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । अहिले श्रेष्ठ अभद्र व्यवहार गरेको कसुरमा काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले आरोपी श्रेष्ठको ल्यापटप परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाइएको रातोपाटीलाई बताए । भट्टराईले भने– ‘ल्याबको रिपोर्ट नआउन्जेल आरोपीलाई अभद्रमा थुनामा राख्न भनिएको छ ।’

करोडौं क्रिप्टोकरेन्सी कारोबार गरेको भन्दै प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको थियो । पानीपोखरीस्थित उनको घरमा अनुसन्धान कार्यालयको जम्बो टोलीले छापा मारेको थियो । उनलाई सो मुद्दा अनुसन्धान गर्नुको साटो अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा अघि बढाइएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप