शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सी कारोबारको आशङ्कामा राजधानीबाट ‘हाइप्रोफाइल’ पक्राउ

बुधबार, २९ असार २०७९, २३ : १०
बुधबार, २९ असार २०७९

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले पक्राउ गरेको छ । क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप