शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शर्माको प्रस्ताव : उम्मेदवार चयन गर्न `प्राइमरी इलेक्सन´ गरौँ

शनिबार, ३२ असार २०७९, २१ : ०५
शनिबार, ३२ असार २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।

उनले भने, '१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ `प्राइमरी इलेक्सन´ गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौँ ।' यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरूभन्दा एक कदम अघि हुने र काँग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढङ्गले बढाउने उनको ठहर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप