सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ललित मोदीले सुष्मिता सेनबारे  ट्विट गरे : मानिसहरुले गरिरहेछन् यसरी खिसीट्युरी

शुक्रबार, ३१ असार २०७९, १५ : १०
शुक्रबार, ३१ असार २०७९

बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर आएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ ।

बिहीबार ललित मोदीले ट्विटरमा आफ्नो र सुस्मिता सेनको तस्बिर सेयर गरेर मानिसहरूलाई चकित पारेका छन् । ललित मोदीले सुस्मिता र आफु रिलेसनसिपमा रहेको र छिट्टै विवाह गर्न लागेको बताएका छन् ।

ललित मोदीको यो ट्विटपछि नै  दुवै ट्विटरमा ट्रेन्ड हुन थाले र मानिसहरूले आफ्ना पुराना फोटो र ट्वीट पोस्ट गर्न थाले । यसै क्रममा ललित मोदीको सन् २०१३ को एउटा ट्वीटको स्क्रिनसट पनि सेयर हुन थाल्यो जसमा मानिसहरुले खिसी गर्दै कमेन्ट गर्न थालेका छन् ।

सन् २०१३ को यो ट्विटमा ललित मोदीले सुस्मिता सेनलाई ट्याग गर्दै लेखेका छन्, ‘मेरो एसएमएसको जवाफ दिनुहोस् ।’

त्यसपछि ललित मोदीले ट्विटमा लेखेका थिए, ‘ठीक छ म प्रतिबद्ध छु ।’ त्यसपछि सुष्मिता सेनले भनिन्, ‘ललित मोदी तपाईं निकै सज्जन हुनुहुन्छ । यद्यपि, बाचा तोड्नका लागि हुन्छन् तर प्रतिबद्धताको सम्मान हुन्छ ।’

त्यसपछि ललित मोदीले सुस्मिता सेनलाई ट्याग गर्दै अर्को ट्वीट गरेका थिए, ‘मेरो एसएमएसको जवाफ दिनुहोस् ।’

अहिले यो ट्विटमा मानिसहरुले धेरै हास्यास्पद टिप्पणी गरिरहेका छन् ।

मानिसहरू के भन्छन् ?

एक प्रयोगकर्ता रवि हान्डाले लेखे, ‘कहिल्यै हार नमान्नुहोस् !’

प्रयोगकर्ता दर्शन पाठकले ट्वीट गरेका छन्,  ‘धैर्य । स्थिरता । लगनशीलता ।’

प्रयोगकर्ता आदित्य सिंहले लेखे,‘ दिग्गज ।’

सुमित राज ठक्करले लेखे, ‘सिनजोनबाट सेन–जोनमा ।’

अर्का प्रयोगकर्ताले लेखे, ‘कहिलेकाहीँ तपाईले चाहनुभएको गन्तव्य प्राप्त गर्न धेरै प्रयास गर्नु पर्छ ।’

प्रयोगकर्ता स्नेहा अनवरपुले ट्वीट गरे, ‘ठीक छ, मैले पनि यस्तो गर्नुपर्ने देखियो – शाहरुख खान मेरो एसएमएसको जवाफ दिनुहोस् ।’

जब ललित मोदीले ट्वीट गरे

सुस्मिता सेनसँगको आफ्नो तस्बिर सेयर गर्दै ललित मोदीले लेखेका छन्, ‘मेरो परिवारसँग – सायद भनिराख्नु नपर्ला, मेरी अर्धान्गिनी सुष्मिता सेनसँग माल्दिभ्स, सार्डिनियाको वर्ल्ड टुरपछि लण्डन फिर्ती – अन्ततः नयाँ जीवनको सुरुवात । असाध्यै खुसी ।’

उनले फेरि ट्वीट गरे, ‘केवल स्पष्टताको लागि । विवाहित होइनौँ –  केवल एक अर्कालाई डेटिङ गरिरहेका छौँ । भगवानको कृपाले विवाह पनि एक दिन हुनेछ ।’

सुष्मिता सेना यसअघि पनि आईपीएल खेलमा देखिँदै आएकी छिन् । आईपीएलमा ललित मोदीसँगको उनको तस्विर पनि सार्वजनिक भएको थियो । तर, त्यसबेला सुष्मिता सेन र ललित मोदीको सम्बन्धलाई लिएर अड्कलबाजी भए पनि सुष्मिता सेनले सम्बन्धलाई खुलेर स्वीकार गरेकी थिइनन् ।

सुष्मिताले ललित मोदीसँगको सम्बन्ध र विवाहबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले ललित मोदीको ट्वीटको पनि जवाफ दिएकी छैनन् । उनका भाइ राजीव सेनले पनि यो खबर पछि आश्चर्य व्यक्त गरेका छन् ।

 


 

उनका भाइ राजीव सेनले अङ्ग्रेजी अखबार ई – टाइम्ससँगको कुराकानीमा आफू यो खबरले स्तब्ध भएको बताएका छन् । उनले भने, ‘म निकै चकित र खुसी छु । म केही बोल्नु अघि दिदीसँग पहिला कुरा गर्छु । मलाई यसबारे  केही थाहै  छैन । दिदीले अहिलेसम्म यसबारे पुष्टि पनि गरेकी छैनन् । त्यसैले म यसमा केही भन्न सक्दिनँ ।’

सुस्मिता र ललित मोदीको पुरानो सम्बन्ध

पूर्व मिस युनिभर्स सुष्मिता सेनलाई बलिउडकी शक्तिशाली अभिनेत्रीमध्ये एक मानिन्छ । उनले विवाह गरेकी छैनन् र दुई छोरीलाई धर्मपुत्रीको रुपमा स्वीकार गरेकी छिन् ।

सुष्मिताको केही महिनाअघि रोहमन शालसँग ब्रेकअप भएको थियो । इन्स्टाग्राममा दुबैको तस्विर शेयर गर्दै सुष्मिताले ब्रेकअपको जानकारी दिएकी हुन् । रोहमन सुष्मिताभन्दा १५ वर्ष कान्छा थिए र उनीहरुको अफेयर केही वर्षसम्म चलेको थियो ।

सुस्मिता सेनको निर्देशक मुदस्सर अजिज, अभिनेता रणदीप हुड्डा, पाकिस्तानी क्रिकेटर वसीम अक्रम, व्यापारी सञ्जय नारङ र निर्देशक विक्रम भट्टसँगको सम्बन्धको पनि चर्चा भएको छ ।

सोही क्रममा सुष्मिता सेनभन्दा १० वर्ष जेठा ललित मोदीकी श्रीमती मीनल मोदीको सन् २०१८ मा क्यान्सरका कारण निधन भएको थियो । उनीहरुका तीन सन्तान छन् ।

ललित मोदी एक ठूला भारतीय व्यापारी हुन् । तर, उनीविरुद्ध भारतमा चलिरहेको मुद्दाका कारण उनी लामो समयदेखि लण्डनमा आत्मनिर्वासित भएर बसिरहेका छन् । मोदीमाथि आइपिएलमा आर्थिक अनियमितताको आरोप लागेको छ, जसलाई उनले सधैँ अस्वीकार गर्दै आएका छन् ।

ललित मोदीले आईपीएल सुरु गरेका थिए र सुरुका तीन सिजन यसको कमिश्नर रहे ।

सन् २०१० को आइपिएलपछि लिग सञ्चालनमा आर्थिक अनियमितता र दुई नयाँ टोलीको लिलामीमा अनियमितता गरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप