बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुष्मिता-ललितले विवाह गर्ने : १९ वर्षमा मिस युनिभर्स, १० अफेयर, ऐश्वर्यालाई हराएर बनेकी थिइन् मिस इन्डिया

शुक्रबार, ३१ असार २०७९, १० : ४५
शुक्रबार, ३१ असार २०७९

पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदी छिट्टै विवाह गर्ने संकेत भेटिएको छ । सुष्मिताको नीजि जीवन पनि कम फिल्मी रहेन । १८ वर्षको उमेरमा मिस इन्डिया र १९ वर्षको उमेरमा मिस युनिभर्स बनेकी सुष्मिता आफ्नो पहिलो फिल्मदेखि नै अफेयरका लागि  चर्चामा आइन् । सुस्मिताको डेब्यु फिल्म दस्तकका लेखक विक्रम भट्ट हुन् । यी दुवैको नाम असाध्यै जोडियो र वर्षौंसम्म हेडलाइनमा रह्यो । सन् १९९६ मा सुरु भएको सम्बन्धको यो शृङ्खला सन् २०२१ मा रोहमन शालसँग ब्रेकअप हुञ्जेलसम्म जारी रह्यो ।

सुष्मिता आफ्नो फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहिन् । उनले विवाहको प्रश्नलाई  खासै वास्ता गरिनन् तर दुई छोरीलाई धर्मपुत्री बनाएर उनीहरुको जिम्मेवारी लिँदा उनको असाध्यै चर्चा भयो ।

सुष्मिता हालै आफ्नो पछिल्लो सम्बन्धमा रहेका बेला उनका जीवनका केही थाहा नभएका पाटोबारे जानकारी लिऔँ ।

हैदरावादको बंगाली परिवारमा जन्मिएका बुबा वायुसेनामा थिए

सुष्मिताको जन्म १९ नोभेम्बर सन् १९७५ मा बंगाली बैद्य परिवारमा भएको थियो । हैदराबादमा जन्मेकी सुष्मिताका बुबा सुवीर सेन भारतीय वायुसेनामा विङ कमाण्डर थिए भने आमा शुभ्रा सेन गहनाका डिजाइनर थिइन् । प्रारम्भिक शिक्षा हैदराबादमा नै भएको थियो । त्यसपछि एयरफोर्स गोल्ड जुबली इन्स्टिच्युट, नयाँ दिल्लीबाट स्नातक गरिन् । यही क्रममा सुस्मिता मोडलिङमा जोडिन पुगिन् ।

ऐश्वर्या रायलाई हराएर मिस इन्डिया बनेकी थिइन्

सन् १९९४ मा सुष्मिताले मोडलिङसँगै सौन्दर्य प्रतियोगितामा पनि भाग लिएकी थिइन् । यस प्रतियोगितामा ऐश्वर्या राय पनि थिइन् तर सुष्मिताले मिस इन्डियाको उपाधि जितेकी थिइन् । त्यतिबेला ऐश्वर्या केही अंकले हारेकी थिइन् तर त्यस वर्ष सुस्मिता मिस युनिभर्स बनेपछि उनले मिस वर्ल्डको उपाधि जितेकी थिइन् । केही रिपोर्टहरुमा सुष्मिता सेनले मिस इन्डियाको त्यो प्रतिस्पर्धामा भाग लिन नचाहेको पनि बताइएको थियो किनभने ऐश्वर्या राय बलियो दाबेदार मानिएकी थिइन् र सुष्मितालाई अण्डरगड बताइएको थियो । सुष्मितालाई उनकी आमाले कसैगरी प्रतिस्पर्धामा भाग लिन भनिन् । सुष्मिताले त्यसै गरिन् र ऐश्वर्यालाई पछार्दै मिस इन्डियाको उपाधि आफ्नो नाममा पारिन् ।

मिस युनिभर्स जितेपछि बलिउडको ढोका खुल्यो

सन् १९९४ मा सुष्मिताले मिस युनिभर्सको उपाधि जितेपछि उनलाई फिल्मको अफर आएको थियो । ठूला निर्देशक(निर्माताहरू उनलाई आफ्नो फिल्मबाट डेब्यु गर्न चाहन्थे । त्यसपछि सुस्मिताले महेश भट्टको फिल्म साइन गरिन् । उनी त्यस बेलाका सबैभन्दा सफल निर्देशकमध्ये एक मानिन्थे । फिल्मको नाम दस्तक थियो । यो एउटा सुन्दरी रानीको पागल प्रेमीको कथा थियो । यहीँबाट सुस्मिताको फिल्मी यात्रा सुरु भयो ।

दुई छोरीकी आमा बनिन्, धर्मपुत्रीका लागि पनि लामो लडाइँ लडिन्

सुस्मिता सेनले २४ वर्षको उमेरमा आफ्नो पहिलो छोरी रेनीलाई धर्मपुत्री ग्रहण गरेकी थिइन् । तर, यो निकै साहसी निर्णय थियो, किनकि सुस्मिता त्यतिबेला बलिउडमा आफूलाई स्थापित गर्न खोज्दै थिइन् । उनको खातामा केहि हिट र केहि फ्लप फिल्महरु थिए । केही फिल्ममा एकभन्दा बढी हिरोइन पनि थिए । यी सबैका बीच सुष्मिताले रेनीलाई अपनाइन् र त्यसका लागि लडिन् । यसपछि करिब १० वर्षपछि दोस्रो छोरी अलिशालाई धर्मपुत्री ग्रहण गरिएको थियो ।

फिल्मसँगै अफेयरको शृङ्खला पनि

सुष्मिता सेनको अफेयर फिल्मबाट सुरु भएको थियो । पहिलो फिल्म दस्तकमा लेखक–निर्देशक विक्रम भट्टदेखि मोडल रोहमन शालसम्म धेरैसँग सुष्मिताको सम्बन्ध थियो । सुष्मिता आफैँले एक अन्तरवार्तामा तीन पटक आफ्नो सम्बन्धमा बिहे गर्न लागेको कुरा स्वीकार गरेकी थिइन् तर कुनै न कुनै कारणले त्यो सफल हुन नसकेको बताएकी छिन् ।

सम्बन्ध र ब्रेकअप

सुष्मिताको अफेयरको सूची पनि लामै छ ।

विक्रम भट्ट

 मिस युनिभर्स बनेपछि सुष्मिताको नाम पहिलो पटक फिल्म निर्माता विक्रम भट्टसँग जोडिएको थियो । सुष्मिता र विक्रम फिल्म दस्तक (१९९६) को सुटिङका ​​क्रममा नजिक आएका थिए । केही समयको सम्बन्धपछि दुवैको ब्रेकअप भयो ।

रणदीप हुड्डा

रणदीप हुड्डा सुष्मितासँगको अफेयरका कारण पनि चर्चामा थिए । कर्मा, कन्फेशन र होली फिल्ममा सँगै काम गर्दा यी दुई नजिक आएका थिए ।

वसीम अक्रम

सन् २०१३ मा पूर्व पाकिस्तानी क्रिकेटर वसीम अक्रमसँग सुष्मिताको अफेयरको खबर पनि चर्चामा थियो । दुवैले बिहे गर्न लागेको पनि भनिएको थियो तर सुष्मिताले यी खबरलाई अस्वीकार गरिन् ।

ऋतिक भसिन

सन् २०१५ मा सुष्मिता मुम्बईको रेष्टुरेन्ट मालिक ऋतिक भसिनसँगको अफेयरका कारण चर्चामा थिइन् । दुबै जना सार्वजनिक कार्यक्रममा धेरै पटक सँगै देखिएका थिए ।

मुदस्सर अजिज

निर्देशक मुदस्सर अजिज पनि सुष्मितासँग अफेयर भएका व्यक्तिमध्ये एक थिए । सुष्मिताले मुदस्सरको पहिलो फिल्म ‘दुल्हा मिल गया’ मा पनि काम गरेकी थिइन् । यो फिल्म फ्लप भयो ।

रोहमन शल

मोडल रोहमन शल र सुष्मिता सन् २०१८ देखि सम्बन्धमा थिए । दुबै लिभ इनमा बस्दै आएका थिए र सुष्मिताका छोरीहरु पनि यो सम्बन्धमा खुसी थिए । सन् २०२१ मा दुवैले अचानक सम्बन्ध तोड्ने र साथी मात्रै रहने घोषणा गरेका थिए  ।

यसबाहेक सुष्मिताको नाम धेरै मानिससँग जोडिएको छ । जसमा ट्यालेन्ट हन्ट कम्पनीका सञ्चालक बन्टी सचदे, व्यापारी इम्तियाज खत्री, हटमेलका संस्थापक सविर भाटिया, व्यापारी सञ्जय नारङ रहेका छन् ।

सन् २०१० मा फिल्मबाट टाढिइन्, १० वर्षपछि ओटीटीमा फिर्ता

सुष्मिताको अन्तिम फिल्म सन् २०१० मा दुल्हा मिल गया थियो । यसपछि उनले फिल्मबाट एक प्रकारले दुरी नै बनाइन्  । उनले आफ्नो धेरैजसो समय छोरीहरूलाई दिन्थिन् ।  यसपछि सुष्मिता सन् २०२० मा वेब सिरिज आर्यबाट अभिनयको दुनियाँमा फर्किइन् । आर्य – २, यो वेब सिरिजको दोस्रो सिजन पनि २०२१ मा रिलिज भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप