उपसभामुखको निर्वाचन : २७५ सांसदमध्ये कसको पक्षमा कति मत ?
प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।
संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ ।
गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेकै सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उम्मेदवारको मनोनयन गर्ने केही घण्टा अघिसम्म एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी पार्टीलाई सघाउने भनेपनि अन्तिम समयमा लोसपाले हार्ने निश्चित भएकाले उम्मेदवारी नदिने निर्णय गरेको थियो । लोसपाको उक्त निर्णयपछि एमालेले आफ्नै उम्मेदवार उभ्याएको हो ।
०७६ सालदेखि रिक्त रहेको उपसभामुखका लागि बुधबार सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन गर्ने घोषणासहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेका थिए ।
प्रतिनिधि सभामा दलहरुको अंक गणित के छ ?
२७५ सदस्यीय प्रतिनिधि सभामा हाल २७१ सांसद रहेका छन् । जसमा नेकपा एमालेका ९८ जना रहेका छन् । त्यस्तै सत्तारुढ पाँच दलमध्ये नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा समाजवादीका २३, जनता समाजवादीका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १५५ जना रहेका छन् । त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १३ सांसदले पनि गठबन्धनकै उम्मेदवार भुसाललाई मतदान गर्ने भएका छन् । यसो हुँदा भुसालको पक्षमा १६७ सांसद पुग्ने देखिएको छ । उता एमालेलाई भने राप्रपा, नेमकिपाका र स्वतन्त्र एकएक सांसदले मतदान गरेपनि १०१ सय मात्र हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



