एमालेकै मागअनुसार उपसभामुख पदको निर्वाचन हुँदैछ : विद्या भट्टराई
बिहीबार, ३० असार २०७९, १३ : ४२
नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो पार्टीकै मागअनुसार लामो समय रिक्त रहेको यस पदमा निर्वाचन हुन लागेको बताएकी छन् । उम्मेदवारी दर्ता गर्दै उनले एमालेले संसदमा गम्भीरताका साथ उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै आएको स्मरण गराएकी हुन् ।
उनले उपसभामुख भनेको संसद्को एक गरिमामय पद रहेको र आजबाट यसमा एउटा नयाँ कोर्स सुरु भएको जिकिर गरिन् । ‘समय कति भन्ने भन्दा पनि यसको गरिमा महत्त्वपूर्ण हो । संवैधानिक परिषद्को सदस्य उपसभामुख रहने भएकाले यसको महत्व रहन्छ ।’
संसदमा उपसभामुख पद अनिवार्य रहेको र पार्टीले यसका लागि आवश्यक निश्चित मापदण्डअनुसार आफूलाई उम्मेदवार बनाएकोमा धन्यवाद व्यक्त गरिन् । संसद्को गणित आफ्नो पक्षमा नरहे पनि कहिलेकाहीँ गणितको कुराले मात्र नहुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण