आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेकै मागअनुसार उपसभामुख पदको निर्वाचन हुँदैछ : विद्या भट्टराई

बिहीबार, ३० असार २०७९, १३ : ४२
बिहीबार, ३० असार २०७९

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो पार्टीकै मागअनुसार लामो समय रिक्त रहेको यस पदमा निर्वाचन हुन लागेको बताएकी छन् । उम्मेदवारी दर्ता गर्दै उनले एमालेले संसदमा गम्भीरताका साथ उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै आएको स्मरण गराएकी हुन् । 

उनले उपसभामुख भनेको संसद्को एक गरिमामय पद रहेको र आजबाट यसमा एउटा नयाँ कोर्स सुरु भएको जिकिर गरिन् । ‘समय कति भन्ने भन्दा पनि यसको गरिमा महत्त्वपूर्ण हो । संवैधानिक परिषद्को सदस्य उपसभामुख रहने भएकाले यसको महत्व रहन्छ ।’

संसदमा उपसभामुख पद अनिवार्य रहेको र पार्टीले यसका लागि आवश्यक निश्चित मापदण्डअनुसार आफूलाई उम्मेदवार बनाएकोमा धन्यवाद व्यक्त गरिन् । संसद्को गणित आफ्नो पक्षमा नरहे पनि कहिलेकाहीँ गणितको कुराले मात्र नहुने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप