आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

होटल एलो प्यागोडामा राप्रपाका असन्तुष्ट नेताहरुको बैठक : वार्ता समिति गठन

मङ्गलबार, २८ असार २०७९, १० : ५६
मङ्गलबार, २८ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरुको बैठक राजधानीको एलो प्यागोडामा बसेको छ । सोमबार बसेको बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको समस्याका विषयमा गम्भीर समीक्षा भएको नेता दिलनाथ गिरीले जानकारी दिए । 

बैठकमा पार्टीप्रतिको आकर्षणलाई नेतृत्वले भोटमा रुपान्तरण गर्न नसकेको, स्थानीय निर्वाचनमा सन्तोषजनक मत  प्राप्त गर्न नसकेको ,  अन्य दलसँग सम्बन्ध सुधार गर्न नसकेको देखिएकाले सोही विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । ‘बैठकले नेतृत्व गम्भीर हुने र सच्चिने मार्गमा नभएको यथास्थितिबाट र थप एकाङ्गी ढङ्गबाट चल्न खोजेको देखियो , यसले थप जटिलता उत्पन्न गर्छ’, गिरीले भने, ‘सबैलाई समेटेर अघि बढ्नुपर्नेमा भएकालाई पनि काखा पाखा गर्ने प्रवृत्ति प्रत्युत्पादक हुन्छ ।’ 

पार्टी बलियो बनाउने हो भने कमल थापा, रवीन्द्र मिश्र, केशर बिष्ट लगायत सबै एकै ठाउँमा हुनुपर्छ भन्नेमा बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी अर्का नेता दमन बस्नेतले बताए । 

बैठकले सबै विकल्प खुला राखेर बार्ता समिति समेत गठन गरेको छ । समितिमा दिलनाथ गिरि, श्याम तिमल्सिना , दिलविकाश राजभण्डारी , राजाराम श्रेष्ठ , केशब श्रेष्ठ र दमन बस्नेत रहेका छन् । उनीहरुले पार्टीभित्रको समस्याका विषयमा राजेन्द्र लिङ्देनका साथसाथै कमल थापालगायतसँग पनि वार्ता गर्ने बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप