शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भानुभक्तमा समयानुकूल चेत देखिँदैन : ओली

बुधबार, २९ असार २०७९, १८ : ३१
बुधबार, २९ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्तमा समयानुकूल चेत नदेखिएको बताएका छन् । बुधबार भानुभक्तको जन्मजयन्तीका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भानुभक्त आफुलाई परेको समस्यामा मात्रै केन्द्रीत भएर कलम चलाउने गरेको बताए । 

१८७१ जन्मिए, १९२५ मा निधन भयो । थुप्रै कुरा थुप्रै भैसकेको थियो, त्यसबेला वाङ्गावीरहरु काटिइसकेका थिए । त्यसबेला अनेक विद्रोहका घटना घटिसकेका थिए, त्यसमा भानुभक्त बेखबर भन्न त सकिँदैन तर भानुभक्तको कलम चल्दैन’, उनले भने ‘उहाँमा केही पक्षमा समयानुकूल चेत देखिँदैन ।’ उनले सर्वसाधारणमा देखिने चेत गाइनेको सारङ्गीमा देखिएको भन्दै गाइने सचेत थिए की भानुभक्त गम्भीर प्रश्न उठेको बताए । एक घण्टा बढी बोलेका ओलीले अधिकांश समय भानुभक्तको आलोचना गरे पनि अन्तिममा उनको योगदानको प्रशंसा गरेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप