ओलीको प्रश्न : घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले लेखेका कतिपय ग्रन्थमा आशङ्का गर्ने ठाउँ रहेको बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती तथा गुरु पूर्णिमाका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उदाहरणका रूपमा घाँसी कवितालाई लिन सकिने बताए । उनले घाँसी भन्ने शब्द त्यसबेला तनहुँमा चल्थ्यो चल्दैनथ्यो भन्दै घाँसी शब्द सहरमा चल्ने गरेको बताए । ‘घाँसी कविता भानुभक्तले तनहुँमा बसेर लेखे की ? मोतिराम भट्टले बनारसमा बसेर लेखे ? यसमा आशङ्का गर्न सकिन्छ ?’ओलीले प्रश्न गरे ।
उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो । मोतिराम भट्टका हजुरबाका घरमा आएर भानुभक्तलाई बस्ने गरेको भन्दै मोतिराममार्फत भानुभक्तका ग्रन्थहरू आएको बताए । मोतिराम भानुभक्तप्रति गुरुभक्तप्रति बढि निर्देशित र अभिप्रेरित भएको ओलीको भनाइ छ । भानुभक्तले शास्त्रलाई केही पण्डितहरूबाट खोसेर जनमानसमा ल्याएको उनले दाबीसमेत गरे । ओलीले संस्कृत भाषा बोलीचालीको नभएर सम्भ्रान्त भाषा भएको पनि बताए ।
त्यस्तै अध्यक्ष ओलीले गुरु वचनलाई प्रमाण मान्ने गरिएको भन्दै गुरु वचनका अघि शास्त्र पनि असान्दर्भिक हुन सक्ने बताए । ‘गुरु असान्दर्भिक हुन सक्दैनन् । गुरु देवतातुल्य हुन्छन्’, ओलीले शिक्षित समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । ‘शिक्षित व्यक्ति आफ्ना लागि मात्र नभएर समाजका लागि गुणवान् हुनुपर्छ । नत्र शिक्षा पूर्ण हुँदैन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण