शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न  : घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

बुधबार, २९ असार २०७९, १८ : ०६
बुधबार, २९ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले लेखेका कतिपय ग्रन्थमा आशङ्का गर्ने ठाउँ रहेको बताएका छन् । 

आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती तथा गुरु पूर्णिमाका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उदाहरणका रूपमा घाँसी कवितालाई लिन सकिने बताए । उनले घाँसी भन्ने शब्द त्यसबेला तनहुँमा चल्थ्यो चल्दैनथ्यो भन्दै घाँसी शब्द सहरमा चल्ने गरेको बताए । ‘घाँसी कविता भानुभक्तले तनहुँमा बसेर लेखे की ? मोतिराम भट्टले बनारसमा बसेर लेखे ? यसमा आशङ्का गर्न सकिन्छ ?’ओलीले प्रश्न गरे ।

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो । मोतिराम भट्टका हजुरबाका घरमा आएर भानुभक्तलाई बस्ने गरेको भन्दै मोतिराममार्फत भानुभक्तका ग्रन्थहरू आएको बताए । मोतिराम भानुभक्तप्रति गुरुभक्तप्रति बढि निर्देशित र अभिप्रेरित भएको ओलीको भनाइ छ । भानुभक्तले शास्त्रलाई केही पण्डितहरूबाट खोसेर जनमानसमा ल्याएको उनले दाबीसमेत गरे । ओलीले संस्कृत भाषा बोलीचालीको नभएर सम्भ्रान्त भाषा भएको पनि बताए ।   

त्यस्तै अध्यक्ष ओलीले गुरु वचनलाई प्रमाण मान्ने गरिएको भन्दै गुरु वचनका अघि शास्त्र पनि असान्दर्भिक हुन सक्ने बताए । ‘गुरु असान्दर्भिक हुन सक्दैनन् । गुरु देवतातुल्य हुन्छन्’, ओलीले शिक्षित समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । ‘शिक्षित व्यक्ति आफ्ना लागि मात्र नभएर समाजका लागि गुणवान् हुनुपर्छ । नत्र शिक्षा पूर्ण हुँदैन’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप