शेखरलाई जीतजंगको प्रश्न : सुराकी लगाएको भनेर किन प्रोपोगान्डा गर्नुभयो ?
नेपाली काँग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेता शेखर कोइलाले आफूमाथि पार्टी सभापति शेरबहादुर देउवाले सुराकी खटाएको भनेर प्रोपोगान्डा गरेको आरोप लगाएका छन् । महाधिवेशनमा सभापति देउवाले आफ्नो सुराकी गर्न पठाएको भन्ने कोइरालाको अभिव्यक्तिबारे बस्नेतले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रश्न उठाएका हुन् ।
‘उहाँ (शेखर कोइराला)ले आफूमाथि सुराकी लगाएको भनेर त्यतिबेला किन नभनेको ? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो । अहिले किन प्रोपोगान्डा गर्नुभयो ? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,' उनले भने ।
अहिले केही एजेण्डा बनाएर सुराकी गरेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बस्नेतको भनाइ थियो । सोमबारको बैठकमा कोइरालाले आफ्ना पछाडि सुराकी खटाएको भन्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न उठाएका थिए । ‘स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?,’ उनको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
