शेखरलाई जीतजंगको प्रश्न : सुराकी लगाएको भनेर किन प्रोपोगान्डा गर्नुभयो ?

नेपाली काँग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेता शेखर कोइलाले आफूमाथि पार्टी सभापति शेरबहादुर देउवाले सुराकी खटाएको भनेर प्रोपोगान्डा गरेको आरोप लगाएका छन् । महाधिवेशनमा सभापति देउवाले आफ्नो सुराकी गर्न पठाएको भन्ने कोइरालाको अभिव्यक्तिबारे बस्नेतले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रश्न उठाएका हुन् ।
‘उहाँ (शेखर कोइराला)ले आफूमाथि सुराकी लगाएको भनेर त्यतिबेला किन नभनेको ? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो । अहिले किन प्रोपोगान्डा गर्नुभयो ? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,' उनले भने ।
अहिले केही एजेण्डा बनाएर सुराकी गरेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बस्नेतको भनाइ थियो । सोमबारको बैठकमा कोइरालाले आफ्ना पछाडि सुराकी खटाएको भन्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न उठाएका थिए । ‘स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?,’ उनको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु