शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महिलाहरु आपसमा भिडेपछि छुट्याउनु मेरो कर्तव्य होः कुन्ती शाही

मङ्गलबार, २८ असार २०७९, १७ : २४
मङ्गलबार, २८ असार २०७९

राप्रपा महामन्त्री कुन्ती शाहीले पार्टीको महिला संगठनका नेत्रीहरु आपसमा भिडेपछि आफू छुट्याउन पुगेको बताएकी छन् । असार २६ गते पार्टी कार्यालय धुम्बाराहीमा महिलाहरूको छलफलका क्रममा भएको कुटाकुटमा शाहीको  संलग्नता रहेको अध्यक्ष अञ्जना शाह रावलले आरोप लगाएपछि उनले आफू छुट्याउन पुगेको बताएकी हुन् । 

‘राप्रपा केन्द्रीय कार्यालयमा मिति २०७९ असार २६ गते महिलाहरूको छलफलमा विवाद भई झैझगडाको रूप हुँदा महिला संगठनको अभिभावकको रूपमा सो कार्यको समाधान गर्नु मेरो जिम्मेवारी हो’, उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यही कुरालाई लिएर अहिले मिडिया र सामाजिक संजाल मार्फत आम कार्यकर्ता र आम नागरिकका माझ भ्रमित पार्ने गरी आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदछु ।’
उनले पार्टीको विधि र विधानलाई लत्याउँदै आफूलाई बदनाम गर्ने उद्देश्यले भ्रामक प्रचार गराउने कार्य भएको गुनासो पनि गरेकी छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप