बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

छात्रालाई दुर्व्यवहार प्रकरण : शिक्षकको दावी- मानवीय नाताले डेरामा छाड्न गएको हो, दुर्व्यवहार गरेको छैन

मङ्गलबार, २८ असार २०७९, १२ : ०३
मङ्गलबार, २८ असार २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकले सो आरोप अस्वीकार गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी छिन् । तर, आरोपित शिक्षकले दुर्व्यवहार नभएको जिकिर गरेका हुन् ।

छात्रालाई दुर्व्यवहार गरेको अस्वीकार गर्दै ढुंगानाले रातोपाटीसँग भने,‘मानवीय नाताले डेरामा छाड्न गएको थिएँ, त्यहाँ दुई मिनेट बसेर फर्केको हुँ ।’ छात्रालाई उचालेर चुम्बन गरेको आरोप ‘अनर्गल’ भएको उनको दाबी छ । असार २७ मा भएको भनिएको सो घटनाबारे अगुवा विद्यार्थीहरुले भने प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् ।

दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको गरेकी थिइन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप