रुपन्देहीको राममणि क्याम्पसका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेका हुन् ।
पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफुलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् । अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको सोही क्याम्पसमा बीए चौंथो वर्षमा अध्ययनरत एकजना विद्यार्थीले रातोपाटीलाई बताए ।
दुर्व्यवहार गरेपछि आफुले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको मेसेज रातोपाटीलाई प्राप्त भएको छ । सोमबार दिउँसो २ बजेको सो घटनाबारे सूचना र उजुरी नआएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘घटनाबारे उजुरी अथवा सूचना हामीकहाँ आएको छैन ।’
प्रिन्सिपल पराजुलीले पीडितका बुवालाई बोलाएर ‘छोरीको इज्जत जान्छ’ भन्दै हल्ला नगर्न दबाव दिएको विद्यार्थीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण