शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको राममणि क्याम्पसका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

सोमबार, २७ असार २०७९, २३ : ०२
सोमबार, २७ असार २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन  दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई  दुर्व्यवहार गरेका हुन् । 

पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफुलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् । अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको सोही क्याम्पसमा बीए चौंथो वर्षमा अध्ययनरत एकजना विद्यार्थीले रातोपाटीलाई बताए । 

दुर्व्यवहार गरेपछि आफुले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको मेसेज रातोपाटीलाई प्राप्त भएको छ । सोमबार दिउँसो २ बजेको सो घटनाबारे सूचना र उजुरी नआएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘घटनाबारे उजुरी अथवा सूचना हामीकहाँ आएको छैन ।’ 

प्रिन्सिपल पराजुलीले पीडितका बुवालाई बोलाएर ‘छोरीको इज्जत जान्छ’ भन्दै हल्ला नगर्न दबाव दिएको विद्यार्थीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप