काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षको विरोध प्रदर्शन
‘हामी केही जान्दैनौँ, एकाधिकार मान्दैनौँ !’
सोमबार, २७ असार २०७९, १३ : ००
नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् ।
उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघ लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा २८७ मिटरब्याजको उजुरी
-
भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
-
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको मानवअधिकार संस्थाहरूको ठहर
-
अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति
-
२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण