शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षको विरोध प्रदर्शन

‘हामी केही जान्दैनौँ, एकाधिकार मान्दैनौँ !’
सोमबार, २७ असार २०७९, १३ : ००
सोमबार, २७ असार २०७९

नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् । 

उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघ लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप