आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलंका संकट : जब प्रदर्शनकारीले राष्ट्रपति भवनको भान्सामा खाना खाए, स्विमिङ गरे, बेडमा सुते पनि

आइतबार, २६ असार २०७९, १४ : ४४
आइतबार, २६ असार २०७९

श्रीलंका आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ तर शनिबार श्रीलंकामा जे भयो त्यो इतिहासमा दर्ता हुनेछ ।

श्रीलंकामा शनिबार केही यस्तै घटना घटित भयो र यसको पृष्ठभूमि महिनौँ अघिदेखि तयार भैरहेको थियो, तर राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा आक्रोशित भीड पस्नेछ, त्यो कसैले कल्पना गरेको थिएन ।

राष्ट्रपति भवन भित्र प्रवेश भएर उनीहरुले तोडफोड गर्नेछन् र प्रधानमन्त्रीको नीजि निवासमा आगलागी गर्नेछन् भनेर पनि उनीहरुले सोचेका थिएनन् ।

तर यो सबैकुरा हिजो श्रीलङ्कामा भयो । शनिबार आम जनताले सम्भवतः पहिलो पटक यो पनि अनुभव गरे कि राष्ट्रपति कसरी बस्छन् । उनको ‘महल’ मा कस्ता खालका सुविधा छन् ।

बीबीसी संवाददाता रञ्जन अरुण प्रसादले राष्ट्रपति भवनको भ्रमण गरे । उनीहरूले त्यहाँ के– के देखे, त्यसबारे सबिस्तार बयान गरेका छन् ।

जे देखियो

सरकार र उसको नीतिप्रति आक्रोशित जनता राष्ट्रपति भवनमा प्रवेश गरेको यो घटना श्रीलंकाको इतिहासमा पहिलो  हो ।

राष्ट्रपति भवन मात्रै होइन, त्यहाँका हरेक कुना हेरे । लगभग हरेक कोठामा प्रवेश गरे ।

यो त्यही भवन थियो, जुन केही घण्टाअघिसम्म सुरक्षाकर्मी र अंगरक्षकको कडा निगरानीमा थियो ।

राष्ट्रपति भवनमा प्रवेश गरेका प्रदर्शनकारीहरू आइतवार, जुन १० मा राष्ट्रपति गोताबाया राजापाक्षेको सरकारी निवासमा उपस्थित छन् । तर यो राजभवनमा पहिलो पटक को प्रवेश भयो त ?

भवनको विशाल मुख्य गेट पार गर्ने काम एक युवकले गरेको बताइएको छ । एक तमिल युवक सबैभन्दा पहिला माथि चढे र मुख्य गेट माथि हामफाले । त्यसपछि त भवनभित्र जनलहर उर्लिहाल्यो ।

जब आम जनताले राष्ट्रपति भवनको विलासिताका अनुभव गरे

जुन भवनमा चौतर्फी सुरक्षा थियो त्यो शनिबार अपरान्ह सर्वसाधारणको हातमा थियो । सर्वसाधारणले भवनभित्रका थुप्रै चिजलाई छोए, देखे ।

तर भीडमा हरेक प्रकारका मानिसहरू थिए । केही आन्दोलनकारी नेतृत्वविना आक्रोश पोख्न आएका थिए भने कोही संगठित रुपमा कुनै नेतृत्वअन्तर्गत आएका थिए । तर यसमा पनि विविधता थियो ।

प्रदर्शनकारीहरुको एक समूहमा जहाँ बौद्ध भिक्षुको नेतृत्वमा आएको थियो, यस्तै इसाई मिसनरी पनि नेतृत्व गरिरहेको थियो । केही इस्लामी वृद्ध नेता थिए त कोही विद्यार्थी पनि थिए, जो आ–आफ्नो दलको नेतृत्व गरिरहेका थिए ।

बौद्ध भिक्षुहरूको नेतृत्वमा प्रदर्शनकारीहरूको समूह आयो भने क्रिश्चियन मिसनरीहरूले पनि नेतृत्व गरिरहेका थिए। त्यहाँ केही इस्लामिक एल्डरहरू थिए र केही विद्यार्थीहरू पनि आ(आफ्नो पार्टीको नेतृत्व गरिरहेका थिए।

आन्दोलनकारीलाई रोक्ने कोसिस

तीमध्ये केहीले तोडफोड गर्ने प्रदर्शनकारीलाई रोक्ने प्रयास पनि गरे र उनीहरूको यो कार्यको निन्दा पनि गरे ।

उनीहरुलाई ‘हिंस्रक’ भएका प्रदर्शनकारीलाई सम्झाइरहेको पनि देखियो । राजभवनभित्र भएका चिज सार्वजनिक सम्पत्ति नै भएको र यसलाई नबिगार्नसमेत अपिल गरिएको थियो ।

धर्मगुरु र नेताहरूले प्रदर्शनकारीहरूलाई राष्ट्रपति भवनका चीजहरू हेर्न, रमाइलो गर्न सल्लाह दिइरहेका थिए ।

 


 

त्यसपछि थुप्रै प्रदर्शनकारी एउटा कोठाबाट अर्कोमा गए । प्रदर्शनकारी राष्ट्रपति भवनको किचनमा पनि पुगे र त्यहाँ जे जति खाना थियो, त्यो खाए ।

राष्ट्रपति भवनका सुविधाहरु

उनीहरुले खाएको खाना राष्ट्रपति भवनमा सम्भवतः एक दिन अघि नै बनेको हुनुपर्छ । किचनमा जे जति खान र पिउन लायक थियो, मानिसहरुले ती उठाए ।

प्रदर्शन गरिरहेका मानिसहरुले ती शौचालयसमेत प्रयोग गरे जुन राष्ट्रपति र उनका परिवारले प्रयोग गर्दथे ।

त्यहाँ उपस्थित धेरै मानिसहरु शौचालय देखेर जिल खाए । त्यहाँ उपस्थित प्रदर्शनकारीहरुका लागि त्यहाँको बाथरुम देख्नु एउटा सपना जस्तो थियो, जुन कुनै ठूलो कोठा जत्तिको र सर्व सुविधासम्पन्न थियो ।

‘भीडले नरम गद्दाको अनुभूतिको आनन्द लिइरहेको थियो’

केही प्रदर्शनकारी राष्ट्रपतिको कक्षमा पनि प्रवेश गरेका थिए । मानिसहरुले त्यहाँको दराज खोले, त्यहाँबाट राष्ट्रपतिको कपडा निकाले र लगाएर पनि हेरे ।

त्यहाँ उपस्थित व्यक्तिहरूका लागि यो एकदम नयाँ अनुभव थियो र उनीहरु ती सबै चीजको अनुभव लिन चाहन्थे । मानिसहरुलाई बेडको गद्दामा उफ्रिरहेको पनि देखियो ।

केही समयअघि राष्ट्रपति जुन ओछ्यानमा सुतेका थिए होलान्, त्यसको केही घण्टापछि सो नरम गद्दाको अनुभूति गर्नेहरुको भीड थियो ।

सबैभन्दा धेरै भाइरल भएको भिडियो स्विमिङ पुलको हो ।

राष्ट्रपति भवन भित्र रहेको स्विमिङ पुलमा मानिसहरु नुहाइरहेको, हाम फालिरहेको देखिए । स्विमिङ पुलमा धेरैले मज्जा लिइरहेको देखिएका थिए ।

हटाउनु पर्यो सुरक्षा

आन्दोलनकारीहरु संगठित रुपमा काम गरेको देखियो ।

प्रदर्शनकारीहरू स–सानो समूहमा भित्र गइरहेको थिए र राष्ट्रपति भवन, त्यहाँको विलासिताका सामान र जीवन हेरेर बाहिर निस्किरहेका थिए । एउटा समूह बाहिरिएपछि अर्को समूह भित्र गइरहेको थियो ।

केही घण्टाअघिसम्म सर्वसाधारणलाई जान नदिने भवनमा केही किलोमिटरसम्म सुरक्षाकर्मी तैनाथ भए पनि शनिबार त्यहाँको सडकमा तिल अट्ने पनि ठाउँ थिएन ।

भीड यति बाक्लो थियो कि प्रहरी र सेना राष्ट्रपति भवनबाट हटाइयो ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप