आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाका राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने

शनिबार, २५ असार २०७९, २३ : ४५
शनिबार, २५ असार २०७९

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन् । श्रीलंककाका संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका हुन् ।

प्रदर्शनकारीहरूले शनिबार बिहान गोटाबाया राजापाक्षेको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ अबेर उनले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए । यसअघि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप