बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काको सर्वदलीय बैठकः राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गरेर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने माग

शनिबार, २५ असार २०७९, १८ : ५९
शनिबार, २५ असार २०७९

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ । 

राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन । श्रीलङ्काका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने सुझाव दिइएको थियो । 

बैठकमा सहभागी श्रीलङ्का मुस्लिम कंग्रेसका सांसद रोफ हाकिमका अनुसार सुझावप्रति प्रधानमन्त्री विक्रामासिंघे सकारात्मक बनेनन् । प्रधानमन्त्री विक्रामासिघेंले राजीनामा दिन अस्वीकार गरेपछि बैठकमा कुनै सहमति नबनेको हाकिमले बताए ।

​तथापि सभामुखले राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई लिखित रूपमा राजीनामा माग्ने निर्णय गरेको र सबै जसो दलका नेताले यसप्रति सहमति जनाएको पनि हाकिमले खुलासा गरे । बैठकमा सर्वदलीय सरकार बनाएर अहिलेको सङ्कटबाट सबै मिलेर बाहिरिनुपर्ने सुझाव पनि राखिएको पनि बताइएको छ । 

सभामुखको आवासमा आयोजित बैठकमा प्रधानमन्त्री विक्रमासिंघेलगायत केही नेता भने जुममार्फत जोडिएका थिए । 

न्युजवायर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप