जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुकसँग आवेदन आह्वान
न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो ।
कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ ।
संविधानको धारा १४९ को उपधारा २क बमोजिम कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरुमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा नियुक्ति दिने प्रयोजनका लागि आवेदन माग गरिएको हो ।
हाल जिल्ला न्यायाधीश पदमा २१ दरवन्दी रिक्त रहेको छ । केही समयअगाडि लिइएको खुल्ला परीक्षामा जम्मा २ जना अधिकृतहरु जिल्ला न्यायाधीश पदमा उत्तीर्ण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
