शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुकसँग आवेदन आह्वान

शुक्रबार, २४ असार २०७९, १८ : १९
शुक्रबार, २४ असार २०७९

न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो । 

कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ । 

संविधानको धारा १४९ को उपधारा २क बमोजिम कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरुमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा नियुक्ति दिने प्रयोजनका लागि आवेदन माग गरिएको हो ।

 हाल जिल्ला न्यायाधीश पदमा २१ दरवन्दी रिक्त रहेको छ । केही समयअगाडि लिइएको खुल्ला परीक्षामा जम्मा २ जना अधिकृतहरु जिल्ला न्यायाधीश पदमा उत्तीर्ण भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप