रातोपाटीको समाचारले न्यायाधीश शाह बर्खास्त : कानुनमन्त्री

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले रातोपाटीको समाचारलाई उजुरी मानी छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालतको न्यायाधीशलाई बर्खास्त गरेको बताएका छन् । शुक्रबार रातोपाटीसँग संक्षिप्त कुराकानी कानुनमन्त्री कोइरालाले रातोपाटीको समाचारका आधारमा छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको बताए । उनलाई न्यायपरिषद् बैठकले शुक्रबार बर्खास्त गरेको हो ।
कानुनमन्त्री कोइरालाले भने, ‘रातोपाटीमा न्यायाधीश शाहको अयोग्यता सम्बन्धमा समाचार आएपछि हामीले छानबिन सुरु गर्न न्याय परिषद् सचिवालयलाई निर्देशन दिएका थियौँ । त्यसपछि परिषद्ले पनि विभिन्न निकायबाट कागजात मगाएर शाहको सम्बन्धमा छानबिन गरेको थियो । यसै क्रममा परिषद्ले शाहसँग स्पष्टीकरण माग गर्दै योग्यता पुगेको भए कागजात पेश गर्न भनेको थियो । तर न्यायाधीश शाहले योग्यता पुगेको कागजात पेश गर्न सक्नुभएन । योग्यता नै नपुगेको व्यक्तिले अयोग्यता लुकाएर न्यायाधीश पदमा नियुक्ति लिएको पाइएपछि न्याय परिषद् ऐन बमोजिम उनलाई बर्खास्तीका लागि सिफारिस गरिएको थियो । सिफारिस लगत्तै उनी बर्खास्तीमा परेकी छिन् ।’
कुराकानीमा कानुनमन्त्री कोइरालाले रातोपाटीलाई धन्यवादसम्म दिए । उनले भने, ‘म रातोपाटीलाई पनि धन्यवाद दिन चाहन्छु । रातोपाटीले समाचार लेखेपछि नै हामीले उनको योग्यता नपाएकोबारे थाहा पाएका थियौँ । नियुक्ति लिएको करिब ४ वर्षपछि त्यस्तो कुरा थाहा पाएपछि हामीले गहन छानबिन ग¥यौँ र अयोग्य रहेको प्रमाणित भएपछि आज बर्खास्त गर्यौँ ।’
पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरीसमेत रहेकी रेणुका शाहलाई २०७५ साल चैत २० गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नै नपुगेपनि उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए । नियुक्ति लिएको करिब ४ वर्षपछि शाहलाई अयोग्य भन्दै बर्खास्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’