रातोपाटीको समाचारले न्यायाधीश शाह बर्खास्त : कानुनमन्त्री
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले रातोपाटीको समाचारलाई उजुरी मानी छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालतको न्यायाधीशलाई बर्खास्त गरेको बताएका छन् । शुक्रबार रातोपाटीसँग संक्षिप्त कुराकानी कानुनमन्त्री कोइरालाले रातोपाटीको समाचारका आधारमा छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको बताए । उनलाई न्यायपरिषद् बैठकले शुक्रबार बर्खास्त गरेको हो ।
कानुनमन्त्री कोइरालाले भने, ‘रातोपाटीमा न्यायाधीश शाहको अयोग्यता सम्बन्धमा समाचार आएपछि हामीले छानबिन सुरु गर्न न्याय परिषद् सचिवालयलाई निर्देशन दिएका थियौँ । त्यसपछि परिषद्ले पनि विभिन्न निकायबाट कागजात मगाएर शाहको सम्बन्धमा छानबिन गरेको थियो । यसै क्रममा परिषद्ले शाहसँग स्पष्टीकरण माग गर्दै योग्यता पुगेको भए कागजात पेश गर्न भनेको थियो । तर न्यायाधीश शाहले योग्यता पुगेको कागजात पेश गर्न सक्नुभएन । योग्यता नै नपुगेको व्यक्तिले अयोग्यता लुकाएर न्यायाधीश पदमा नियुक्ति लिएको पाइएपछि न्याय परिषद् ऐन बमोजिम उनलाई बर्खास्तीका लागि सिफारिस गरिएको थियो । सिफारिस लगत्तै उनी बर्खास्तीमा परेकी छिन् ।’
कुराकानीमा कानुनमन्त्री कोइरालाले रातोपाटीलाई धन्यवादसम्म दिए । उनले भने, ‘म रातोपाटीलाई पनि धन्यवाद दिन चाहन्छु । रातोपाटीले समाचार लेखेपछि नै हामीले उनको योग्यता नपाएकोबारे थाहा पाएका थियौँ । नियुक्ति लिएको करिब ४ वर्षपछि त्यस्तो कुरा थाहा पाएपछि हामीले गहन छानबिन ग¥यौँ र अयोग्य रहेको प्रमाणित भएपछि आज बर्खास्त गर्यौँ ।’
पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरीसमेत रहेकी रेणुका शाहलाई २०७५ साल चैत २० गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नै नपुगेपनि उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए । नियुक्ति लिएको करिब ४ वर्षपछि शाहलाई अयोग्य भन्दै बर्खास्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण