बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना

शुक्रबार, २४ असार २०७९, २२ : ३६
शुक्रबार, २४ असार २०७९

गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । 

जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । 

युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए । तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए । 

राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैरराउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए । भिडियोमा युवती मदिराले लट्ठै परेको देखिन्यो भने युवाले उनीहरुमाथि यौनजन्य गतिविधि गरिरहेको देखिन्यो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप