राउटे युवतीहरूमाथि भएकाे दुर्व्यवहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग
मङ्गलबार, २५ जेठ २०७८, १३ : ५६

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाका कारण युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा उनीहरुको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसैगरी बाहिरी मानिसहरुलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गाँस, बास र कपासको तुरुन्त ब्यवस्था गर्दै घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न शाहीले विज्ञप्तिमार्फत माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता