राउटे युवतीहरूमाथि भएकाे दुर्व्यवहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग
मङ्गलबार, २५ जेठ २०७८, १३ : ५६
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाका कारण युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा उनीहरुको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसैगरी बाहिरी मानिसहरुलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गाँस, बास र कपासको तुरुन्त ब्यवस्था गर्दै घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न शाहीले विज्ञप्तिमार्फत माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण