शिन्जो आबेको अवस्था गम्भीर, हामी प्रार्थना गरिरहेका छौँ : जापानी प्रम फुमियो
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार गोली हानिएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था गम्भीर भएको जानकारी दिएका छन् ।
किशिदाले भने, ‘आबेको शीघ्र स्वास्थ्य लाभका लागि म भित्री मनदेखि प्रार्थना गरिरहेको छु । म यो हमलाको कडा शब्दमा निन्दा गर्छु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान छैन ।’
जापानको मिडिया रिपोर्टका अनुसार आबे घाइते अवस्थामा बेहोस छन् ।
प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरेको छ । संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । जापानी मिडियाका अनुसा हमलाकर्ता मेरिटाइम सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।
उनको पहिचान तेत्सुया यामागामीको रुपमा गरिएको छ । उनी नारा सिटीकै बासिन्दा हुन् । जापानको सरकारी मिडिया एनएचकेका अनुसार हमलाकर्ताले ह्यान्डमेड गनमार्फत् गोली हानेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

