शिन्जो आबेको अवस्था गम्भीर, हामी प्रार्थना गरिरहेका छौँ : जापानी प्रम फुमियो

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार गोली हानिएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था गम्भीर भएको जानकारी दिएका छन् ।
किशिदाले भने, ‘आबेको शीघ्र स्वास्थ्य लाभका लागि म भित्री मनदेखि प्रार्थना गरिरहेको छु । म यो हमलाको कडा शब्दमा निन्दा गर्छु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान छैन ।’
जापानको मिडिया रिपोर्टका अनुसार आबे घाइते अवस्थामा बेहोस छन् ।
प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरेको छ । संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । जापानी मिडियाका अनुसा हमलाकर्ता मेरिटाइम सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।
उनको पहिचान तेत्सुया यामागामीको रुपमा गरिएको छ । उनी नारा सिटीकै बासिन्दा हुन् । जापानको सरकारी मिडिया एनएचकेका अनुसार हमलाकर्ताले ह्यान्डमेड गनमार्फत् गोली हानेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी फर्किएनन्
-
‘आ बाट आमा’मा भित्रिए बलिउडका प्रदीप रावत
-
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
प्रतिनिधिसभा बैठकको समय सर्यो
-
अदालतमा प्रसाईँको अनुनय : त्यो गाडी फिर्ता दिलाइपाऊँ
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री