शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिकागोको परेडमा अन्धाधुन्ध गोली चलाउने २२ वर्षे पुरुष र्‍यापर भएको खुलासा

मङ्गलबार, २१ असार २०७९, १३ : १२
मङ्गलबार, २१ असार २०७९

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । गोली चलाउने २२ वर्षीय युवकले  उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । ती युवक एक र्‍यापर भएको खुलासा भएको छ । उनको साङ्गीतिक करियर सफल नै भएको बुझिएको छ ।

२२ वर्षका रोबर्ट बबी क्रिमो lll लाई उनको साङ्गीतिक करियरमा अवेक द र्‍यापर नामले चिनिन्छ । उनको स्पोटिफाई पेजका अनुसार उनका मासिक १६ हजारभन्दा बढी श्रोता छन् र उनको सम्पत्ति १ लाख अमेरिकी डलर छ ।

हालसम्म सिनेगोगका शिक्षक ज्याकी सुन्दहेम, एक विवाहित आमा र ७८ वर्षका हजुरबुवा निकोलस टोलेडोको नाम मृतकको सूचीमा छ ।

सुन्दहेमलाई प्रार्थनाका बेला श्रद्धाञ्जली अर्पण गरिएको छ । यस्तै टोलेडोको परिवारले निकोलसलाई रगताम्मे अवस्थामा घटनास्थलमा भेटिएको जानकारी दिएको छ ।

क्रिमोले अघिल्लो वर्ष पोस्ट गरेको म्युजिक भिडियोमा आफ्नो कोरेको तस्बिरले अनलाइनमा गोली चलाइरहेको पोस्ट गरेका थिए । यस्तै, कक्षाकोठाको भुइँमा बुलेट छरिरहेको क्लिप पनि पोस्ट गरेका थिए । यसो गरेर उनले स्कूलमा हुने गोलीकाण्डको मजाकसमेत उडाइरहेका थिए ।

जुलाई चारको घटनापछि क्रिमोलाई स्थानीय र संघीय अधिकारीले एक घण्टासम्म खोजेपछि पक्राउ गरिएको छ ।

उनका ५८ वर्षका पिता बब एकपटक मेयर पदका लागि उठेका थिए । यस्तै, उनकी आमा ४८ वर्षकी डेनिस पेसिना पनि एकपटक पक्राउ परेकी थिइन् ।  

 


क्रिमोकी एक दिदी पनि छिन् । २७ वर्षकी उनकी दिदी लिनेट पेसिना उनको परिवारसँग हाइवुडमा बस्छिन् । हाइवुड घटनास्थल नजिकै पर्छ ।

सन् २०२० मा क्रिमोलाई डोनल्ड ट्रम्पको र्‍यालीमा देखिएको थियो । अर्को तस्बिरमा उनले आफूलाई डोनल्ड ट्रम्पको झण्डाले बेह्रेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप