खुला छलफलमा बोल्न प्रचण्डले दिए २ मिनेटको समय
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ । यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको छ । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् ।
प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्न भन्दै फ्लोर खुला गरेका हुन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका थिए ।
प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार