माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु, खुला छलफल हुँदै
सोमबार, २० असार २०७९, ०६ : ००
नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरुलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् ।
प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने