शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट विवादमा

आइतबार, १९ असार २०७९, १८ : २९
आइतबार, १९ असार २०७९

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।

संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप ब्याटर जितेर पाउने कुरो होइन । यो मुखःमा बञ्चतथागत रहेको हुनाले बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुख हो । यसको महत्वलाई ध्यानमा राखि दिनुहोला ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप