भाइवर साइमनले जिते 'नेपहपको श्रीपेच'को उपाधि
नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइवर साइमनले जितेका छन् । शनिबार काठमा स्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् ।
उपाधिका लागि भाइवरसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।
उपाधि विजेता भाइवरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।
यस्तै दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् ।
८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।
भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।
शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह हुन् । साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण