वामदेवलाई निष्काशन गर्ने सफलसहित पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशन
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अराजक र उद्दण्ड कृयाकलापमा संलग्न रहेका युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।
अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै पाँचै जनाले गरेका कृयाकलाप आपत्तिजनक, अराजक, कृतघ्नतापूर्ण र सर्वथा अस्वीकार्य रहेको उल्लेख गरेका छन् । ‘यस्ता कृयाकलाप हाम्रो एकता अभियानका लागि कुनै ठूलो विषय थिएन, तर केही सञ्चारमाध्यमहरुले समाचारको तथ्यमा प्रवेश नै नगरी पागलपूर्ण प्रलापलाई निकै महत्व दिएर प्रचार–प्रसार गर्नुलाई सचिवालय बैठकले गम्भिर रुपमा लिएको छ’, पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘मिति २०७९/०३/१८ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरु युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी लगायत साधारण सदस्यसमेतबाट निस्कासन गर्ने निर्णय गरेको छ’, अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

