मुख्यमन्त्री परिवर्तनको कसरत : प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने तयारी
बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन केही दिनमै हुने दाबी गरिएको छ । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरे । रातोपाटीसँग कुरा गर्दै बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।
‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म काँग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसदको हस्ताक्षर संकलन भइसकेको छ । बागमतीमा बहुमतको सरकार बन्नका लागि भने ५४ सांसद चाहिन्छ । नेकपा एकीकृत समाजवादीबाट हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे र उनका पार्टी नेतृत्व परिवर्तन गर्न सहमत रहेको बानियाँको जिकिर छ ।
पूर्व सहमतिअनुसार नै काँग्रेसले नेतृत्व लिनेगरी अघि बढिएको भन्दै उनले समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाइने उनले बताए ।
‘हस्ताक्षर बुझाएपछि सरकार परिवर्तनको थप प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘यसमा राजेन्द्र पाण्डेको पनि सहमति छ । वर्तमान मुख्यमन्त्रीले कुनै पनि अवरोध खडा गरेको होइन । छिट्टै नै बागमती प्रदेशको मुख्यमन्त्री पद काँग्रेसले लिन्छ ।’
यसैबीच सरकारको नेतृत्व परिवर्तनका लागि बानियाँ बिहीबार नै काठमाडौं प्रस्थान गर्दैछन् । काठमाडौंमा उनले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
