मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

मङ्गलबार, १४ असार २०७९, १९ : ५३
मङ्गलबार, १४ असार २०७९

बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् ।

भोलिको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन् । त्यस्तै सरकारको काम कारवाही र बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको बजेटको मन्त्रालयगत शीर्षकहरुमाथि छलफलका लागि बसेको आजको दुई चरणको बैठकमा सांसदहरुले व्यक्तिगत र दलगत रुपमा धारणा राखेका थिए । आजको दुई वटा बैठकमा गरी प्रदेशसभाका २६ जना सांसदले बजेटमाथि आफ्नो धारणा राखेका थिए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप