काँग्रेस पनि वामपन्थीसँगै समाजवादको यात्रामा जान्छ भने स्वागत छ : खनाल
सोमबार, १३ असार २०७९, १६ : ५६
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेस पनि वामपन्थीहरुसँगै समाजवादको यात्रामा जान्छ भने स्वागत गरिने बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै नेता खनालले काँग्रेस कम्युनिस्ट दुवै मिलेमा समाजवादको यात्रामा सजिलै पुगिने बताए ।
‘काँग्रेस पनि वामपन्थी सँगै समाजवादको यात्रामा जान्छौ भने स्वागत छ’ खनालले भने, ‘होइन हामी यस्तै उस्तै हो हामीले कहिलेकाँही प्रजातान्त्रिक समाजवाद भन्छौ वाद साद बीपीले ल्याइदिनुभयो । अब म एउटै छु, रामचन्द्र पौडेल हुँ, अरुले बिर्सिहाले भन्नुहुन्छ भने जो जो समाजवादको यात्रामा जान तयार छौं ती अगाडि बढौं।’
यो पनि...