एकीकृत समाजवादीले गठबन्धनका लागि सबै दलहरूसँग छलफल खुला राख्ने
नेकपा एकीकृत समाजवादी केन्द्रले आगामी आम निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रहेको निष्कर्ष पनि निकालेको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा पार्टीको भूमिका अझै बढ्ने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । स्थानीय निर्वाचनमा अझै धेरै सिटमा उम्मेदवारी दिएको भए पार्टीको मत सङ्ख्या बढ्ने पार्टीले समीक्षा गरेको बताए । उनले कलम चुनाव चिन्ह वरिपरि जनता गोलबद्ध हुन आतुर रहेको पनि बैठकको निष्कर्ष रहेको जिकिर गरे ।
महासचिव बेदुराम भुसालले सञ्चालन गरेको आजको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सम्मानित नेता झलनाथ खनालले पनि धारणा राखेका थिए ।
प्रतिवेदनमा आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिकोबारे चर्चा गर्नुका साथै स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र अबको सम्भावनाबारे प्रतिवेदनले औँल्याइएको छ । त्यस्तै, पार्टीको सङ्गठनात्मक जीवन कुन ठाउँमा छ र यसलाई कसरी अगाडि बढ्नुपर्छ भनेर औँल्याएको छ भने आगामी दिनमा सङ्गठनको कार्य योजना कस्तो हुने र आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय उल्लेख छन् ।
आज प्रस्तुत गरेका विषयलाई केन्द्रीय परिषद्को बैठकमा लगिनेछ । त्यहाँ विभिन्न समूहमा विभाजन गरेर राय सुझावहरू सङ्कलन गरिनेछ । एउटै काम दुई पटक गर्नुपर्ने भएकाले आजको बैठकमा निजी रूपमा राय लिने काम भएको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
