देउवा र प्रचण्डले पार्टीभित्र खेल्न खोजे : एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको हो ।
मन्त्रीहरू फेरबदल गर्ने निर्णय तत्काल लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘तपाईंहरुको हेलचेक्र्याइँ हामीलाई पार्टीभित्र खेलेको जस्तो महसुस भएको छ ।’
खतिवडाले मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि स्पष्ट पारे । उनले पार्टीले गरेको हुबहु लागू हुने बताए । ‘पार्टीसँग बार्गेनिङ गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन,’ उनले भने । आजको बैठकमा धेरै मन्त्रीहरू अनुपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण