देउवा र प्रचण्डले पार्टीभित्र खेल्न खोजे : एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको हो ।
मन्त्रीहरू फेरबदल गर्ने निर्णय तत्काल लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘तपाईंहरुको हेलचेक्र्याइँ हामीलाई पार्टीभित्र खेलेको जस्तो महसुस भएको छ ।’
खतिवडाले मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि स्पष्ट पारे । उनले पार्टीले गरेको हुबहु लागू हुने बताए । ‘पार्टीसँग बार्गेनिङ गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन,’ उनले भने । आजको बैठकमा धेरै मन्त्रीहरू अनुपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र