शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माकुराको बच्चाले आफ्नै माउको शिकार गर्छ : बास्कोटा

शनिबार, ११ असार २०७९, ०८ : २७
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको विषयमा विवाद देखिएपछि नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले व्यङ्ग्य गर्दै माकुराले आफ्नै माउको शिकार गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गोकुल बास्कोटाले भनेका छन्, 'माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ । शिखण्डीको भरिया बन्याथ्यो। बल्ल परो नीरमाया माकुरी जालैमा !'

पछिल्लो समय नेता नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी उनको काबुभन्दा बाहिर जान थालेको छ । पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमामात्रै नभएर सत्ता गठबन्धनमै हलचल उत्पन्न भएपछि नेता नेपाल पार्टीभित्र थप कमजोर बन्न पुगेका हुन् । यहाँसम्म कि, नेता नेपालले आफ्नो पार्टी कमिटीमा गरेको निर्णय न पार्टीका नेताहरुले मानिरहेका छन्, न सत्ता गठबन्धनले नै स्वीकार गर्न सकेको देखिन्छ । यसरी पार्टीभित्र र सत्ता गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएपछि नेता नेपाल संकटको भुमरीमा फस्न बाध्य भएको नेकपा समाजवादीकै नेताहरुको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप