राजनीति सफा गर्न हिलोमा डुबुल्की मार्न आएको हुँ : रवि लामिछाने
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् ।
उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको बताए ।
उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए । उनले भने–‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको अर्कोपट्टी बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छेको भीड लाग्दैनथ्यो ।’
उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउनुपर्ने कस्तो मक्किएको ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे । उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए ।
उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
