रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा
सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत 'राष्ट्रिय स्वतन्त्र पार्टी' गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।
उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गरे । उनले क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए । क्षमता नभई नभई पार्टीमा र्याल चुहाएर आफू नबस्ने बताए । देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकोले पार्टी दर्ता गराएको उनले बताए ।
लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
