डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन
केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।
एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए । डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगै अर्का एकजनालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए ।
डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ । छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइने एसएसपी गिरीले जानकारी दिए । समिरमानसिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।
कारागारमा बसेर उनले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेश थापालाई प्रयोग गरेर बस्नेतले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
